२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’ मार्फत विद्यार्थीहरूलाई काम सिकाउन लागेको बताएकी हुन्।

उनले भनिन्, ‘भातृ सङ्गठनबाट युवा विद्यार्थीहरूले राजनीति सिक्ने हो भन्नुहुन्छ। विद्यार्थीहरूले राजनीति मात्र सिक्ने हो। प्रशासनको काम सिक्न पर्दैन र। हाम्रो देशमा नेता मात्र चाहिएको हो। अबल कर्मचारी चाहिएको हो। नीति निर्माता चाहिएको हो। त्यसो हो भने हामीले काम गर्न सिक नसिकाउने, शिक्षा मन्त्रालयले गर्न खोजेको हो।’

उनले शिक्षा मन्त्रालयले विद्यार्थीलाई काम गर्न सिकाउन लागेको हुँदा यो कार्यक्रममा राजनीति नगर्न पनि उनले आग्रह गरेकी छिन्।

मन्त्रालयले ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’ ल्याइएको छ। सोमबार मन्त्री स्तरीय बैठकबाट उक्त कार्यविधि पारित भएको हो।

सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०६५को नियम ९ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि ल्याइएको कार्यविधिमा उल्लेख छ।

‘उच्च शिक्षा महाशाखाका सहसचिवको संयोजकमा गठित प्रशिक्षार्थी छनौट समितिले विद्यार्थीको रुचि, विद्यार्थीले अध्ययन गरेको विषय र इन्टर्नसिपसँग सम्बन्धित विषयमा मन्त्रालयले निर्धारण गरेको आधारमा इन्टर्नसिपमा सहभागी हुने कार्यक्षेत्रगत पहिचान गरिने व्यवस्था गरिएको छ,’कार्यविधिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस