२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अ+ अ-

काठमाडौँ । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार बिहान स्थानीय समय अनुसार ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ। 

ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठूलो भूस्खलन भएको देखाएको छ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ। यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ। सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ। 

ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठूलो भूकम्प हो। चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, जापानमा सुनामीको चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावामा सुनामी आउने चेतावनी दिइएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस