बागमतीमा एकीकृत समाजवादीकी रमा आले मगर मन्त्री नियुक्त « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बागमतीमा एकीकृत समाजवादीकी रमा आले मगर मन्त्री नियुक्त


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ। बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयमा मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको स्रोतको जनाएको छ ।

उनको मन्त्रालय भने सात दिनभित्र टुङ्ग्याउने सहमति भएको स्रोतको दाबी छ । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरि नगरपालिकाकी रमा काठमाडौँ-१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस