काठमाडौँका यी ठाउँमा १ महिनासम्म पालैपालो बत्ती जाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँका यी ठाउँमा १ महिनासम्म पालैपालो बत्ती जाने


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १ महिनासम्म काठमाडौँका विभिन्न स्थानमा बत्ती जाने सेड्युल निकालेको छ । नेपाल विद्युत् प्राधिकरणले सट डाउनको सूचना निकालेको हो ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बत्ती जाने छ । मार्चमा २ दिन र मे मा २८ दिन विभिन्न ठाउँको बत्ती जाने छ । काठमाडौँ उपत्यका भित्रका १३ वटा सब–स्टेसनहरू स्वचालित गर्ने कार्य भइरहेको छ ।

उप कार्यकारी निर्देशक, प्रसारण लाइन निर्देशनालय, भार प्रेषण केन्द्र, स्यूचाटारसँग भएको छलफल अनुरूप सब(स्टेसनहरू स्वचालित गर्ने कार्य अगाडि बढाउन निर्देशन भई आएको छ । सो बमोजिम आयोजनाले कार्य गरिरहेको छ ।

न्यू पाटन सवस्टेसनमा ११ केभी फिडरलाई स्वचालित बनाउने कार्यको प्राप्त राय-सल्लाह तथा लगनखेल वितरण केन्द्रसँग भएको समन्वयन अनुसार सट्डाउन हुने छ,’ सूचनामा भनिएको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बत्ती सूचिमा स्वयम्भू, हरिसिद्धि, खोकना, पटल अस्पताल, जाउलाखेल, गोदावरी, लोकल पाटन, खुमलटार, हात्तीवन, सादोबाटो, इमाडोल, कुपनडोल, रिङरोड, थिमी, पुलचोक र चापागाउँ लगायतका ठाउँमा बत्ती जाने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस