नाउपा बैठकमा रेशम-रन्जिता पक्षबीच कुटाकुट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नाउपा बैठकमा रेशम-रन्जिता पक्षबीच कुटाकुट


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठक स्थलमै हात हालाहाल भएको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको एक नेताले जानकारी दिए ।

उनका अनुसार रेशम चौधरी पक्षका नेताहरूलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो ।

सुदूरपश्चिममा काँग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा रहँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस