२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा काम गर्न ८ महिनामा ५८९ विदेशी नागरिकले लिए श्रम स्वीकृति

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् ।

फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो ।

विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ ।

८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्याङ्क विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

८ महिनामा एउटा ट्रेड युनियन महासंघ दर्ता भएको छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ । ट्रेड युनियन संघ ६ वटा दर्ता भएका छन् ।

१४ वटा संघको नवीकरण भएको समेत विभागको तथ्याङ्क छ । यस अवधिमा ५० वटा कम्पनीलाई श्रमिक आपूर्तिकर्ता इजाजत पत्र प्रदान गरिएको छ ।

श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नवीकरणको संख्या ३१७ रहेको विभागले जनाएको छ । यस अवधिमा विभागले श्रमिक आपूर्तिकर्ता कम्पनीको २३२ वटा निरीक्षण गरेको छ । यो अवधिमा ३१७ वटा श्रम विवाद समाधान गरिएको विभागले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस