आईपीएल : दोस्रो जित निकाल्दै चौथो स्थानमा उक्लियो गुजरात  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आईपीएल : दोस्रो जित निकाल्दै चौथो स्थानमा उक्लियो गुजरात 


१८ चैत्र २०८०, आइतबार


अहमदावाद । गुजरात टाइटन्सले आइतबार आईपीएल-२०२४ मा आफ्नो दोस्रो जित निकाल्दै शीर्ष चारमा प्रवेश गरेको छ । उसले घरेलु मैदानमा भएको खेलमा सनराइज हैदरावादलाई सजिलै ७ विकेटले पराजित गर्‍यो ।

खेलमा ५ बलको खेल बाँकी छँदै गुजरात जितसम्म पुगेको थियो । उसले १ सय ६३ रनको लक्ष्यसामु १९.१ ओभरमा ३ विकेट गुमाएर १ सय ६८ रन बनायो । त्यसमा साइ सुदर्शनले ४५ र डेविड मिलर ४४ रनको योगदान गरे ।

त्यस अगाडि सनराइले ८ विकेटमा १ सय ६२ रन बनाएको थियो । उसका लागि अभिषेक शर्मा र अब्दुल सामदले समान २९ रन बनाए । गुजरातका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गरे र २५ रनमा ३ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस