गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित गरेको छ। 

आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए। 

अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।

Tags :
प्रतिक्रिया दिनुहोस