आयोगद्वारा प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आयोगद्वारा प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका प्राथमिक तह, तृतीय श्रेणीका शिक्षकहरूको नियुक्तिका लागि सिफारिस गरेको छ ।

आयोगले परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बसेको गत बुधबारको बैठकको निर्णयानुसार सिफारिस गरी पठाइएको आयोगले जनाएको छ ।

आयोगले २०७९ चैतमा काठमाडौँबाहेक ७६ जिल्लाका लागि ७ हजार ९५४ शिक्षक माग गर्दै विज्ञापन गरेको थियो । त्यसअनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस