नेपालसँग गुजरात ९८ रनमा अलआउट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालसँग गुजरात ९८ रनमा अलआउट


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले गुजरातलाई ९८ रनमा अलआउट गरेको छ। 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतको रणजी टिम गुजरात १८.२ ओभरमा अलआउट भएको हो।

गुजरातका लागि  ओपनर रुद्र मयुर पटेलले सबैभन्दा बढी २३ रन जोडे। नेपालका दीपेन्द्रसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २२ बलमा ४ चौका प्रहार गरे। 

त्यसअघि आर्या देसाईलाई करण केसीले ४ रनमा बोल्ड गर्दा कप्तान उमङ्ग रोहितकुमारलाई गुल्सन झाले सन्दीप जोराबाट ५ रनमा क्याच गराए। 

गुजरातका स्मित पटेल १० रन, अभिषेक देसाई ११ रन र हेमंग पटेल २० रनमा आउट भए। सरल प्रजापति १७ रनमा रनआउट भए।

बलिङमा नेपालका गुल्सन झाले ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। करण केसीले ३ विकेट लिए। उनले ३।२ ओभरमा २२ रन नै दिए। सोमपाल कामीले १ विकेट हात पारे।

नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनास बोहरा छन्।

गुजरातमा सुरु सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ। 

एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ।

टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस