वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् ।

उनले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भए पनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताइन् ।

उनले अघिल्लो स्वास्थ्यमन्त्रीले एकै पटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरिन् ।

उनले कुनै वेबसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरू दिइन्छन् र कति आइसियु बेड खालि छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस