देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेश सभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

एमाले, रास्वपा, नेकपा एसलगायतका दलले भने उपचुनावको उम्मेदवार टुंग्याइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस