भासिएको कमला पुलको काम असार १५ भित्र सक्न मन्त्री महासेठको निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भासिएको कमला पुलको काम असार १५ भित्र सक्न मन्त्री महासेठको निर्देशन


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनः निर्माण गर्न निर्देशन दिएका छन् ।

पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौँ ।’

धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका लागि ०६८ सालमा पप्पु कन्ट्रक्सन र लुम्बिनी बिल्डर्ससँग संयुक्त ठेक्का सम्झौता भएको थियो ।

लुम्बिनी बिल्डर्सले लगभग काम सकेर ७८ असार १७ मा उद्घाटनको तयारीमा जुटेको बेला पुलको पिलर सामान्य बाढीमै भासियो । त्यसपछि अलपत्र पुल निर्माण छिटो सक्न दबाब दिँदै स्थानीयले आन्दोलनसमेत गरिरहेका छन् ।

भासिएको तीन वटा पिलरको दुवैतिर नयाँ पिलर खडा गरी पुल पुनः निर्माण गर्नुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ । तर, काम सुस्त गतिमा भइरहेको गुनासोपछि मन्त्री महासेठले अनुगमन गरेका हुन् ।

समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस