संवैधानिक परिषद्को बैठक जारी  « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

संवैधानिक परिषद्को बैठक जारी 


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बसेको हो ।

बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस