टी-२० सिरिजमा नेपालले आज गुजरातसँग खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

टी-२० सिरिजमा नेपालले आज गुजरातसँग खेल्दै


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी-२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ ।

नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ । फाइनल खेल चैत्र २५ गते हुनेछ । यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली: 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द ।

Tags :
प्रतिक्रिया दिनुहोस