चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उनी अभिनीत चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । आउँदो वर्ष २०८१ को जेठ १० गतेबाट रिलिज हुने चलचित्रको पोस्टरमा फिल्मका प्रमुख पात्र रहेका अनमोल सोलो फिचर्ड छन् ।

लभ स्टोरी जनरामा बनेको यो फिल्म ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् ।

फिल्मका निर्देशक सुयोग गुरुङ हुन् । फिल्ममा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस