बागलुङको रिठेखोलामा पक्की पुल निर्माण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण


१७ चैत्र २०८०, शनिबार


गलकोट (बागलुङ) ।  पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

 बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका-९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ । 

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरूका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए ।  उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,’ उनले भने । 

नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ  ६.६ मिटर छ ।  पुललाई बाढी पहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस