निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग माग


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनु पर्ने माग गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औँ वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताए ।

उनले भने, ‘सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन, किनकि यसले परियोजनामा ढिलाइ हुन सक्छ ।’

अर्बौँ रकम भुक्तानी नपाउँदा व्यवसायीको सप्लाई चेन, बैंक किस्ता एवम् श्रमिक लगायत करको ठूलो रकम भुक्तानी गर्न व्यवसायीलाई समस्या परेको उनको भनाइ थियो । उनले आगामी दिनमा अर्थतन्त्र सुधार आउने बताए ।

कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरूलाई बैंकबाट सहजै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्ने समेत बताए ।

नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासका लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस