अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा. सापकोटा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा. सापकोटा


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताएका छन् ।

‘एसिया र विश्व स् समान चुनौती, साझा दायित्व’ नारामा चीनको हैनान प्रान्तमा आयोजित बोआओ फोरममा नेपालका तर्फबाट शुक्रबार सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिका विविध प्राथमिकताबारे नेपालको धारणा राखेका हुन् ।

सो अवसरमा डा. सापकोटाले अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास एवं समृद्धि हासिल गर्न राखिएका लक्ष्यमा सघाउन अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस