संघीयता कार्यान्वयन गर्न ११७ वटा कानून बनाइने, निजामती विधेयक पारित गर्ने तयारी « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संघीयता कार्यान्वयन गर्न ११७ वटा कानून बनाइने, निजामती विधेयक पारित गर्ने तयारी


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले संघीयता कार्यान्वयनका लागि ११७ वटा कानून बनाउने भनी विषय पहिचान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको छ ।

अध्ययन पश्चात् सम्बन्धित मन्त्रालयहरूलाई सम्बन्धित विषयको कानूनको मस्यौदालाई अन्तिम रूप दिएर प्रक्रियामा अगाडि बढाउन भनिएको छ ।

शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको जानकारी दिए ।

उनका अनुसार यी २१ वटा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिमा विचाराधीन छन् । थप ७ वटा विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानूनी रायको प्रक्रियामा रहेको पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए ।

११७ मध्ये मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयमा रहेका बाहेकका विधेयकका मस्यौदालाई सम्बन्धित मन्त्रालयले अन्तिम रूप दिने काम गरिरहेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’का अनुसार विधेयकहरू प्राथमिकताका आधारमा संघीय संसद्‌मा दर्ता हुनेछन् ।

प्रहरी समायोजन विधेयक कार्यान्वयनमा अगाडि बढेको, संघीय प्रहरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । यो विधेयक पनि छिट्टै दुवै सदनबाट पारित हुने प्रधानमन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस