आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए सानदार शतक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए सानदार शतक


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए सानदार शतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ५२ बलमा आठ चौका र आठ छक्कासहित १०० रन पूरा गरे ।

नेपाल ‘ए’ बाट ट्वान्टी-२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा-११ सँग खेल्दा एकदिवसीय क्रिकेटमा अनिल साहले शतक बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस