अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई हिरासतमुक्त गरेको छ ।

बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकिलको कार्यालयले बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरी वृत्त महाराजगन्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर साँझ स्वास्थ्यको कारण देखाउँदै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो । बमले एक युवतीको मोबाइलबाट गोप्य तस्बिर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस