लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आह्वान गरेको छ ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व फर्छ्योट गर्न समितिमा पठाएको थियो ।

समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र मागदाबी पेस गर्न बचतकर्तालाई आह्वान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस