सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३० हजार पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ३० हजार पुग्यो


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।  आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 बिहीबार सुन १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तैगरी, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  । 

Tags :
प्रतिक्रिया दिनुहोस