आधा दर्जन उपसचिवको सरुवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आधा दर्जन उपसचिवको सरुवा 


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेपाल सरकारका आधा दर्जन उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुशार गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव मोहन निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज कुमार पोख्रेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । 

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव आरती न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्ण बहादुर खड्काको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । र, भजनी नगरपालिका कैलालीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस