बिहीबारदेखि अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिहीबारदेखि अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । ललितपुरमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ ।

पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभागले आयोजना गर्ने सम्मेलनमा अर्थशास्त्रले विकासको सवालमा नवीन सोच, तयारी लगायतका विषयमा केन्द्रित हुने जनाएको छ ।

अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटा मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको विभागको भनाइ छ ।

विभागका अनुसार नेपालजस्तो जटिल र पृथक् भू-राजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न सहज छ । स्थापनाको ६९ वर्षमा क्याम्पसले पहिलोपल्ट अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस