सरकारी कागजात चोरी गर्ने दुईजना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारी कागजात चोरी गर्ने दुईजना पक्राउ


१४ चैत्र २०८०, बुधबार


पक्राउ

काठमाडौँ । सरकारी कागजात चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-९ का २८ वर्षीय सुबिर थापा मगर र सोही ठाउँका २९ वर्षीय सरोज थापा मगर छन् ।

गत सोमबार दिउँसो साढे ३ बजेतिर पोखरा महानगरपालिका-८ नयाँबजारस्थित पोखरा महानगरको स्टोरको रूपमा रहेका भवनको ताल्चा फोडेर महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप उनीहरूमाथि छ ।

चोरी भएका नक्साका २९ वटा फाइलसहित उनीहरूलाई पक्राउ गरी चोरी सम्बन्धीको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस