देउवाले बोलाए इलाम-२ मा नाम सिफारिस भएका पार्टी नेता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देउवाले बोलाए इलाम-२ मा नाम सिफारिस भएका पार्टी नेता


१४ चैत्र २०८०, बुधबार


deuba

काठमाडौँ । इलाम-२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरूलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् ।

बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम-२ को उम्मेदवारमा सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।

इलाम-२ को उम्मेदवारका लागि काँग्रेसमा दुई महिला र ५ पुरुष गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ ।

नाम सिफारिस भएका ७ जनामध्ये अधिकांश नेता काठमाडौँमा नै छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यपालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस