पँधेरोमा नुहाउन गएकी युवतीको हत्या « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 पँधेरोमा नुहाउन गएकी युवतीको हत्या


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ। पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ ।

रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो करिब ४ बजे घरनजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । 

रिब्दीकोट गाउँपालिका-१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले आज बिहानबाट मात्र अनुसन्धान सुरु गरिएको बताए ।

प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागी भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । उनले भने, ‘अहिले बिहानैदेखि अनुसन्धान अगाडि बढाइएको छ । चाँडै घटनाबारे वास्तविकता पत्ता लाग्ने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस