राज्य व्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राज्य व्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दैछ । 

सिंहदरवारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । 

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । 

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस