इलाम-२ मा उम्मेदवार बनाउन माओवादीद्वारा चार जनाको नाम सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा उम्मेदवार बनाउन माओवादीद्वारा चार जनाको नाम सिफारिस


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम-२ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’का अनुसार मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको हो ।

जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए ।

इलाम-२ मा एमालेले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ । नेपाली काँग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस