मन्त्रीलाई सघाउने गरी रास्वपाले दियो नेताहरूलाई जिम्मेवारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रीलाई सघाउने गरी रास्वपाले दियो नेताहरूलाई जिम्मेवारी


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य गणेश कार्की, सांसद गणेश पराजुली श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सांसद असीम शाह युवा तथा खेलकुद र सह प्रवक्ता प्रतिभा रावललाई गृह मन्त्रालयमा समन्वय गर्ने गरी संयोजक तोकिएको छ ।

प्रत्येक समन्वय समितिको सातामा बैठक बस्ने व्यवस्था गरिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए । प्रत्येक समन्वय समितिमा १२ जना हुने ढकालले बताए । सोमबार, मंगलबार, बुधबार र बिहीबार बस्ने गरी समय निर्धारण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस