अझै भेटिएनन् सुनकोशी नदीमा बेपत्ता तीन बालबालिका « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अझै भेटिएनन् सुनकोशी नदीमा बेपत्ता तीन बालबालिका


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् ।

आइतबार बेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको सशस्त्रका सहायक प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ता ३ बालबालिकाको खोजी गर्न कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको थियो । गोताखोरको टोलीले समेत बालबालिकाको अवस्था पत्ता लगाउन सकेको छैन । अहिले भने घटनास्थलभन्दा तल सम्भावित ठाउँहरूमा सुरक्षा टोली पठाएर खोजी सुरु भएको छ ।

बेपत्ता हुनेमा बालबालिकाहरूमा त्रियुगा नगरपालिका-१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस