दुर्गा प्रसाईँको मेडिकल कलेजबारे सर्वोच्चको फैसलाप्रति डा. केसीको आशङ्का « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुर्गा प्रसाईँको मेडिकल कलेजबारे सर्वोच्चको फैसलाप्रति डा. केसीको आशङ्का


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशङ्का गरेका छन् ।

उक्त फैसलाको हालसम्म संक्षिप्त रूप पनि नआएकाले यसबारे अनेक आशङ्का देखिएको भन्दै केसीले अराजकतालाई बल पुर्‍याउन सक्ने आशङ्का गरेका हुन् ।

‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र (चिकित्सा शिक्षा) आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ’, केसीले मंगलबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यही सन्दिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’

सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ । यद्यपि फैसलाको संक्षिप्त लिखित रूप सार्वजनिक नभएकाले आदेशमा के लेखिएको छ भन्ने प्रष्ट छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस