३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वाधिक जहाज र हेलिकोप्टर भएको नेपाली कम्पनी बन्यो श्री एयरलायन्स

अ+ अ-

काठमाडौँ । श्री एयरलायन्सले आफ्नो बेडामा मंगलबार ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास-८-क्यू-४०० जहाज थपेको छ । योसँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको सङ्ख्या १८ पुगेको छ । श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयर रहेको छ । योसँग हाल उडानमा १७ वटा एटीआर विमान छन् ।

थपिएका विमानबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने श्रीले जनाएको छ । जहाज थपिएसँगै तुम्लिङटार तथा भरतपुर विमानस्थलमा समेत नियमित उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०१९ मा २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडानिर्मित बम्बार्डियर ड्यास-८-क्यू-४०० जहाज ल्याएको थियो । त्यसअघि यसले ५० र ७० सिटका सीआरजे विमान आन्तरिक उडानमा ल्याएको थियो । सुरुमा श्रीले काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडान नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो ।

मंगलबार ल्याइएका दुइटा बम्बार्डियर ड्यास-८-क्यू-४०० जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले उडाउँदै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस