भत्कियो अमेरिकाको मेरील्याण्डको पुल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भत्कियो अमेरिकाको मेरील्याण्डको पुल


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । अमेरिका मेरील्याण्डको बाल्टिमोर शहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालवाहक डुङ्गाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा राखिएको एक भिडियोमा डुङ्गाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ ।

पुलको संरचना डुंगामाथि नै खसेको, डुङ्गाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ । यसबाट मानवीय क्षति भए/नभएको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस