आज सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज सुनचाँदीको मूल्य घट्यो


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस