‘संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार’


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ । 

जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई  मुख्य कार्यभार तय गरेको छ । यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार, वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रूपमा समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस