गाजामा तुरुन्त युद्धबिराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट पास « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाजामा तुरुन्त युद्धबिराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट पास


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । गाजामा तुरुन्त युद्धबिराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌बाट पास भएको छ। लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्द गरेको छ।

चीनले राखेको युद्धबिरामको प्रस्ताव मतदानबाट टुङ्गो लगाइएको हो। मतदानमा अमेरिकाले भाग लिएन। तर बहुमत सदस्यहरूले युद्धबिराम रोक्नुपर्ने पक्षमा मतदान गरे।

यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए।

चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ। यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसा समेत गरेका छन्।

गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ। यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस