सबैको भागेदारी र साझेदारीले गणतन्त्रलाई सार्थक बनाउँछ : उपप्रधानमन्त्री यादव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सबैको भागेदारी र साझेदारीले गणतन्त्रलाई सार्थक बनाउँछ : उपप्रधानमन्त्री यादव


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् । राज्य सञ्चालनमा सबैको साझेदारी र भागेदारीले नेपाललाई सहमतिमा एकताबद्ध बनाएर अघि बढाउने बताए ।

साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा सोमबार उपप्रधानमन्त्री यादवले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र सबैको हुन नसक्ने बताए । उनले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्त्व बढाउने बताए ।

‘समानता र सामाजिक न्याय भएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन । हामीले संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र त बनायौँ । तर समानता, सुशासन र सामाजिक न्याय खासगरी सामाजिक न्याय र समानताको अभावमा लोकतन्त्र र गणतन्त्र एउटा निश्चित समुदाय, एउटा निश्चित वर्ग, निश्चित विशेष समुदायको खेलौना भएर मात्रै रहन्छन्, ‘यादवले भने, ‘पहिचान, समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक र महत्त्व बढाउँछ । नेपालको विविधतालाई एकतामा बाँधेर सहमतिको बाटोमा अघि बढाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस