२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुदका कार्यक्रम व्यवस्थित गर्न  परिपत्र

अ+ अ-

कास्की । गण्डकी प्रदेशमा खेलकुदसँग सम्बन्धित कार्यक्रम छोटो, छरितो, अनुशासित र मर्यादित बनाउनका लागि प्रयास सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद्ले प्रदेशमा हुने खेलकुद प्रतियोगिता तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमको उद्घाटन र समापन कार्यक्रमलाई व्यवस्थित गराउनका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिलाई परिपत्र गरेको छ ।

खेलकुदका कार्यक्रमसमेतमा लामो र पट्यार लाग्ने गरी आसन ग्रहण र शुभकामना मन्तव्यमा घण्टौँ लाग्ने गरी हुँदै आएका कार्यक्रमलाई छरितो बनाउनका लागि सबै जिल्ला खेलकुद विकास समितिलाई परिपत्र गरिएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताए।

उनले भने, “परिषद्ले ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताको पट्यार लाग्दा भाषण छोट्याउन आग्रह गरेका छौँ । खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्ने योजनामा छौँ ।” 

शर्माका अनुसार कार्यक्रमको आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादित बनाउने र विदेशबाट आयातित माला र फूलको प्रयोग गरिने छैन  । यसैगरी कुनै पनि कार्यक्रममा प्लाष्टिकजन्य तथा वातावरण प्रदूषणजन्य सामग्री, ठूलो ध्वनी आउने साउन्ड सिस्टेम, महँगा तथा प्रयोगमा नआउने खालका मायाँको चिनो, खादा तथा दोसल्ला प्रयोगसमेत नगर्न निर्देशन गरिएको छ । 

“कार्यक्रम तथा समारोहमा स्थानीय उत्पादनलाई टेवा पुग्ने गरी सामग्रीको प्रयोग गर्न र स्थानीय उद्योगलाई प्रोत्साहन हुने गरी सामग्री प्रयोगमा ल्याउन आग्रह गरेका छौँ,” शर्माले भने । 

परिषद्ले खेल क्षेत्रलाई अनुशासित, मर्यादित र व्यवस्थितरुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समिति, खेल सङ्घसंस्था, क्लब र सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने जनाएको छ ।