२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दाहाल, ओली र माधव नेपालबीच उपनिर्वाचनबारे छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको अनौपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद रिक्त छ । नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री ‘प्रचण्ड’ले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् ।

योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ ।

आगामी १५ वैशाखमा इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारबारे निर्णय लिएका छैनन् ।

गत २१ फागुनमा प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गरेका थिए । त्यसपछि नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी छ । यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस