इलाम-२ मा जनमतले प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा जनमतले प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए ।

थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको थियो ।

आफूलाई जनमतले आधिकारिक उम्मेदवार बनाएपछि थाम्सुहाङ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रचारमा हिँडिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस