सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने कृषिमन्त्री ज्वालाको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने कृषिमन्त्री ज्वालाको दाबी


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी छन् ।

सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले सुन्तला नेपालमा सहज उपलब्ध र सजिलो फलफूल भएकाले राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी हुन् ।

‘‘नेपालमा सुन्तला मिठो फलको रूपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा ५/६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरू परेन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु’, उनले भनिन् ।

मन्त्री ज्वालाले किसानहरूको पहिचान गर्ने र जग्गा वर्गीकरण गर्ने विषयमा पनि मन्त्रत्रालयले काम गरिरहेको बताइन् । उनले मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिने गरी लागि परेको पनि धारणा राखिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस