नेपाललाई आयरल्यान्डले दियो १२२ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई आयरल्यान्डले दियो १२२ रनको लक्ष्य


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको हो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे । टम मेयस र लियाम मकार्थीले १६/१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई-दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक/एक विकेट लिए । नेपालले के्हीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस