कानुनी साक्षरता गाउँ-गाउँमा पुर्‍याउनुपर्छ : कानुनमन्त्री गिरी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कानुनी साक्षरता गाउँ-गाउँमा पुर्‍याउनुपर्छ : कानुनमन्त्री गिरी


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ-गाउँमा लैजानुपर्ने बताएका छन् ।

कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ-गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटमा व्यस्त मन्त्री गिरीले हिजो आइतबार हुवास बजारमा आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् ।

कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस