सुनकोशीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

 उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका थिए । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।  

बेपत्ता हुनेमा त्रियुगा नगरपालिका-१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेका छन् ।

उनीहरुलाई आइतबार अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस