एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित


१२ चैत्र २०८०, सोमबार


भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । 

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । 

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन्। सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस