एकीकृत समाजवादीले उपनिर्वाचनका लागि उम्मेदवारीबारे भोलि निर्णय लिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीले उपनिर्वाचनका लागि उम्मेदवारीबारे भोलि निर्णय लिने


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ । 

आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।  

नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस