होली खेलेर सुनकोशीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

होली खेलेर सुनकोशीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता


११ चैत्र २०८०, आइतबार


काठमाडौँ। होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा त्रियुगा नगरपालिका-१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरीले जानकारी दिएको छ । 

उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।

बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ ।

उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस